२५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026

संविधान संशोधनन विधेयक संसदको कार्यसूचीमा, नयाँ नक्सा पूर्ण कार्यान्वयनमा आउँदै

१८ जेठ, काठमाडौँ । संविधान संशोधनन विधेयक संसदको कार्यसूचीमा प्रवेश गरेको छ । सरकारले नेपाल नयाँ नक्सा समेट्नका लागि निशान छाप परिवर्तन गर्न संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक आज आइतबारको बैठकमा पेश गर्ने कार्यसूची तय भएको हो ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोन विधेयकका विषयमा केन्द्रीय समितिमा छलफल गर्नुपर्ने भन्दै सरकारसँग समय माग गरेको थियो । भारतले अतिक्रमण गरेर बसेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत समेटको नयाँ नक्सा सरकारले जारी गरेको छ ।

वर्षौदेखि भरतीय संयन्त्रको गुलामी गर्दै नेपालका नदीनालादेखि भूभाग समेत भारतलाइ दिइरहेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली तृत्वको सरकारले आफ्नो अतिक्रमित जमिन जुनसुकै अवस्थामा पनि फिर्ता गराउने कार्यक्रम अघि सारेको छ । सरकारले त्यसका लागि कुटनीतिक पहल समेत गरिरहेको छ भने अन्तर्राष्ट्रिय रूपमा दबाब सिर्जना गराउन पनि प्रयत्न गरिरहेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारले संविधान संशोधन विधेयक कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले पेश गर्ने संसदको सम्भावित कार्यसूची छ । विधेयक पेश भएर निर्णायार्थ पेश भए सर्वसम्मतिले संविधान संशोधन हुनेछ भने भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गर्ने अभियानमा व्यवहारमै राष्ट्रिय सहमति सार्वजनिक हुनेछ ।

प्रकाशित मिति : May 31, 2020 at 9:32 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/