११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

संविधान संशोधनको पक्षमा मतदान गर्ने प्रस्तावमाथि कांग्रेस केन्द्रीय समितिमा छलफल

१७ जेठ, काठमाडाैँ । शनिबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिनुपर्ने प्रस्ताव आएको छ। लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिन जारी केन्द्रीय समिति बैठकमा प्रस्ताव आएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

केन्द्रीय कार्यसमिति बैठक चलिरहेको र केन्द्रीय सदस्यहरूले छलफल गरिरहेको बताए पनि प्रवक्ता शर्माले जानकारी दिए । संविधान संशोधनको पक्षमा उभिने संकेत यसअघिकाे पदाधिकारी बैठककै समयमा गरे पनि कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत निर्णय गर्ने बताउँदै आएको थियो। सरकारले अद्यावधिक नक्सासहित निशान छाप परिवर्तन गर्न संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गरेको छ।

प्रकाशित मिति : May 30, 2020 at 5:19 pm