स्याङ्जामा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि
१५ जेठ, स्याङ्जा । स्याङ्जामा थप ३ जना कोरोना संक्रमण पुष्टि भएको छ। प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले वालिङमा ३ जना पुष्टि भएको जानकारी दिएकाे छ । गण्डकी प्रदेशमा कारोना संक्रमण हुनेको संख्या १५ पुगेको छ। भारतबाट आई वालिङ नगरपालिकास्थित खेलमैदानमा रहेको क्वारेन्टिनमा बसेका २ पुरुष र १ महिलामा संक्रमण पुष्टि भएकाे हाे ।

संक्रमितहरूमा वालिङ १३ का २६ र २२ वर्षीय पुरुष र ३९ वर्षीय महिला रहेका छन् । यसअघि १० गते भारतबाट आएका वालिङ नपा ७ का २ जनामा संक्रमण भेटिएको थियो। थप ३ जनामा पोजेटिभ भेटिएसँगै स्याङजामा कोरोना संक्रमण हुनेको संख्या ५ पुगेको छ। उनीहरूलाई जिल्ला अस्पतालको आइसोलेसनमा लगिएको छ।

प्रकाशित मिति : May 28, 2020 at 1:50 pm





