पर्यटन व्यवसायी देवकाेटाद्धारा १४७ विपन्न तथा ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण
१५ जेठ काठमाडाैँ । काेराेना भाइरस (काेभिड १९)ले विश्वभर नै महामारीकाे रूप लिइरहेकाे छ । नेपालमा पनि काेराेनाका कारण विगत २ महिनादेखि लकडाउन भैरहेकाे छ । लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने तथा विपन्न वर्गका नागरिक मारमा परेका छन् ।

यस्ताे संकटकाे समयमा एक मनकारी दम्पतीले लकडाउनका कारण बिहान बेलुकाकाे छाक टार्न समेत मुस्किल परेका काठमाडाैँकाे तारकेश्वर नगरपालिका वडा नम्बर ४ का केहि परिवारलाई बुधबार खाद्यान्न सामग्री सहयाेग गरेका छन् । रसुवाकाे जीवजीवे स्थायि घर भई हाल काठमाडाैँकाे तारकेश्वर बस्ने स्नाे भ्यू ट्रेक एण्ड एक्सपेण्डिसन प्रालिका सञ्चालक नमिनाथ देवकाेटा र उहाँकी धर्मपत्नी सविता देवकाेटाले १४७ परिवारलाई राहत सामग्री सहयाेग गर्नुभएकाे हाे ।

उहाँहरूले वितरण गर्नुभएकाे चामल, दाल, तेल चिउरा लगाएतका खाद्य सामग्री गाेलढुंगाका मजदुर, विपन्न, सुत्केरी तथा बृद्ध-बृद्धासहितका १४७ परिवारलाई गर्नुभएकाे हाे । दुखमा परेका केहि परिवारलाई थाेरै भएपनि सहयाेग गर्न सकिएकाेमा आत्मसन्तुष्टि मिलेकाे उहाँहरूकाे भनाई छ ।



प्रकाशित मिति : May 28, 2020 at 1:13 pm





