११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

कांग्रेसका केही सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर तर पार्टीको निर्णय कहिले ?

१४ जेठ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्तावका सरकारले बुधबार संसद बैठकमा प्रस्तुत गर्न लागेको संविधान संशोधन प्रस्ताव हटेपछि विभिन्न टिकाटिप्पणी भएका छन । भारतीय सञ्चारमाध्यमले संविधान संशोधन असफल बनाएर कांग्रेसले कालपानी भारतकै रहेको सन्देश दिएको समेत विश्लेषण गरेका छन भने सामाजिकसञ्जालमा क्रियाशिल रहेका नेपालीहरूले कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्नुपर्छ भन्ने सर्त राखेर खोचे थापेको भन्दै आलोचना गरिरहेका छन ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता गगन थापा । तस्बीरः गुगल खोज

यही बिचमा नेपली कांग्रेसका सांसद गगन थापाले संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर रहेको भन्दै सामाजिक सञ्जालमा पार्टीको बचाउन गर्ने कोशिश गरेका छन । उनले लेखेका छन ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव पर्सी १६गतेकै कार्यसूचीमा राखियोस् । काँग्रेस संशोधनको पक्षमा छ । कसैले चिन्ता नलिऔँ,कोही भ्रममा नपरौँ । केन्द्रीय समितिको बैठक गर्ने-नगर्ने पार्टीको आन्तरिक प्रक्रियाको विषय हो । हामी काँग्रेसका सांसद संविधान संशोधनको पक्षमा मतदान गर्न आतुर छौँ।’

प्रकाशित मिति : May 27, 2020 at 8:49 pm