५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आइपिएलका प्लेअफ खेलहरु आजबाट, सनराइजर्स र चेन्नईबीच प्रतिस्पर्धा हुँदै

८ जेठ, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफ खेलहरु आजबाट हुदैछ । आज पहिलो क्वालिफायर खेलमा लिग चरणमा शीर्ष दुई स्थान हात पारेका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुदैछ ।

नेपाली समय अनुसार बेलुकी सवा ७ बजे खेल मुम्बईमा हुनेछ । लिग चरणमा शीर्ष स्थानमा रहेको हैदरावाद र दोस्रो स्थानमा रहेको चेन्नईले सिधै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्न लागेका हुन् । यो खेलको विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले अर्को एउटा अवसर पाउनेछ ।

लिग चरणमा तेस्रो स्थान लिएको कोलकाता नाइट राइडर्स र चौथो स्थान लिएको राजस्थान रोयल्स बुधबार दोस्रो प्ले अफ् अर्थात ईलिमिनेटर खेलमा भिड्नेछन् । उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिँदा विजयी हुने टोलीले आज पराजित हुने टोलीसँग हुने दोस्रो क्वालीफायर खेल्ने मौका पाउनेछ । उक्त खेलको विजेता पनि फाइनलमा प्रवेश गर्नेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७५, मंगलवार ०८:३५