११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नुवाकाेटका कम्युनिष्ट नेता भण्डारीकाे निधनप्रति अध्यक्ष प्रचण्डद्धारा दुख व्यक्त

१३ जेठ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले  नुवाकाेटका कम्युनिष्ट नेता अर्जुन बहादुर भण्डारीकाे निधनप्रति दुख व्यक्त गरेका गर्नुभएकाे छ ।  अध्यक्ष प्रचण्डले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता भण्डारीकाे निधनप्रति दुख व्यक्त गर्नुभएकाे हाे ।

अध्यक्ष प्रचण्डले पुराना कम्युनिष्ट क्रान्तिकारी नेता कमरेड अर्जुन बहादुर भण्डारी ‘उदय’ को असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै निरंकुश व्यवस्था विरुद्धको लडाइँमा चरम यातना सहित जेल–नेल भोग्नुभएका नुवाकोट जिल्लाका जुझारु एवम् क्रान्तिकारी नेता उदयप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा समवेदना प्रकट गर्नुभएकाे छ ।

प्रकाशित मिति : May 26, 2020 at 6:37 pm