पाल्न नसक्ने भन्दै आफनै ४ दिने शिशुको हत्या गर्ने आमा पक्राउ
१३ जेठ, भक्तपुर । उदयपुर घर भई हाल भक्तपुरको सूयविनायक नगरपालिका–६ घलाते बस्ने २२ वर्षीया रमिला राईले आफ्नै शिशुको हत्या गरेकि छिन् । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा शव फेला पारेको थियो । मजदुरी काम गर्दै आएकी राईले शिशुको मुखमा कपडा कोचेर ज्यान लिएको अनुसन्धानवाट खुलेको प्रहरीले जनाएकाे छ ।

लकडाउन सुरु भएको केही दिनमै श्रीमानले छाडेर सम्पर्क विहीन भएपछि २ सन्तानलाई पालनपोषण गर्न नसक्ने देखेर राईले ४ दिने शिशुको हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।
श्रीमानसँग राम्रो सम्बन्ध नभएपछि २१ महिने छोरीसमेत रहेकी उनले दोस्रो सन्तानको रुपमा ४ दिन अघि शिशुलाई जन्म दिएकी थिइन् ।शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ । प्रहरीले रमिला विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको जनाएको छ । प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : May 26, 2020 at 3:41 pm





