२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नेपालमा कोरोनाबाट चौथो व्यक्तिको मृत्यु

१२ जेठ, काठमाडाैँ । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। जेठ ४ गते वीरगन्जको नेशनल मेडिकल कलेजमामृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाकाे पोजेटिभ देखिएको छ। ७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।

‘शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौँ पठाएका थियाे । ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन्। यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

प्रकाशित मिति : May 25, 2020 at 12:13 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/