७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडाैँका ३ जनासहित थप ७२ जनामा कोरोना, संक्रमितकाे संख्या ६७५ पुगे

१२ जेठ, काठमाडौँ । काठमाडाैँका ३ जनासहित थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार काठमाडौँको टोखा र बुढानिलकण्ठमा ३ जना कोरोना संक्रमित थपिएका छन्, यसैगरी धनुषामा ३ जना, कपिलवस्तुमा ३ जना, रौतहटमा २६जना, सप्तरीमा २ जना, बर्दियामा १ जना, बाँकेमा ४ जना, बारामा २३ जना र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : May 25, 2020 at 11:09 am