७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

उच्च मनोबलका साथ काम गर्न महानिरीक्षक खनालको निर्देशन

११ जेठ, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलकासाथ खटिन निर्देशन दिनु भएको छ । हालै सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरुलाई दर्ज्यानि चिन्ह लगाइदिए पछि मातहत अधिकृतहरुलाई उहाँले सो निर्देशन दिनुभएको हो ।

नेतृत्व तहले राष्ट्र¸ जनता र संगठनको हितमा कार्य गरेको भन्दै उहाँले आफूले के पाएँ होइन मैले राष्ट्र र संगठनका लागि के गरे भनेर सोच्नु पर्ने बताउनु भयो । सामुहीक भावनाले कार्य गर्न मातहतलाई निर्देशन दिदै महानिरीक्षक खनालले आफूलाई समय सापेक्ष परिवर्तन र परिमार्जन गर्दै मुलुक र जनताको हितमा हरसमय कार्य गर्न समेत निर्देशन दिनुभयो ।

राष्ट्र सेवक कर्मचारीहरुको मनोबल उच्च राख्‍ने कार्यमा कमाण्डरहरु थप जिम्मेवार हुनुपर्ने बताउँदै उहाँले पद र जिम्मेवारीले मानिसमा परिवर्तन ल्याउने र सो परिवर्तनले समग्र मुलुक र जनतालाई फाईदा पुग्ने बताउनु भयो । राष्ट्र¸ राष्ट्रियता र जनता भन्दा ठूलो कोही नभएको उल्लेख गर्नुहुँदै उहाँले प्रत्येक राष्ट्रसेवक कर्मचारीहरु ईमान्दार र कर्तव्य निष्ठ भई देश र आम नागरिकको सेवा¸ सुरक्षा सहयोग तथा उद्दारमा अविचलित भई अहोरात्र खटिन समेत निर्देशन दिनु भएको ।

सो अवसरमा उहाँले नेपाल सरकारबाट प्राप्त निर्देशन अनुसार २ सय २१ वटा बोर्डर आउट पोष्ट १ वर्ष भित्र स्थापना गर्ने लक्ष्य अनुरुप हालसम्म १ सय २३ ठाउँमा स्थापना भइसकेको र यस विचमा उत्तर तर्फ २ वटा वोर्डर आउट पोष्ट स्थापना गर्न सफल भएको जानकारी समेत दिनुभयो ।

प्रकाशित मिति : May 24, 2020 at 5:38 pm