११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

मुख्यमन्त्री शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता पठाए

११ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता पठाएका छन्। मुख्यमन्त्री शाहीले जिल्ला प्रहरी कार्यालयका लागि भनेर आफ्नो सुरक्षामा खटिएका प्रहरी मुख्यमन्त्री शाहीले फिर्ता गरेका हुन्।

मुख्यमन्त्रीको सचिवालयले कोरोनाको महामारीका बेला सुरक्षाकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले आफ्नो सुरक्षामा खटिइएका प्रहरीलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाएको जनाएको छ।

मुख्यमन्त्री शाहीले ८ जना प्रहरी फिर्ता पठाएका छन्। प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना र ५ जना जवानलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालयमा पठाएका हुन् । मुख्यमन्त्री शाहीले आफ्नो लागि प्रहरीले व्यवस्था गरेको अगुवा गाडी पनि जिल्ला प्रहरीलाई फिर्ता छन् ।

प्रकाशित मिति : May 24, 2020 at 12:27 pm