६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

चौकीदार परिवर्तन गर्ने विवादमा डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप

११ जेठ, काठमाडाैँ । चौकीदार परिवर्तन गर्ने विवादमा डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चाैकीदार एक वर्ष भन्दा लामो समयदेखि नफेरिएपछि कैदीबन्दीको बीचमा विवाद उत्पन्न भएको थियो । सामान्यतया एक/एक वर्षमा चाैकीदार परिवर्तन गर्ने चलन रहेको थियो । पछिल्लो १८ महिनादेखि त्यहाँ चाैकीदार परिवर्तन हुन सकेको छैन । यही विषयमा कैदीहरूबीच विवाद भएको र विवादमा झडप हुँदा एक जना घाइते भएका छन । शमशेर तामाङ नामका एक जना कैदी घाइते भएपछि उनलाइ उपचारका लागि वीर अस्पताल लगिएको थियो ।

प्रकाशित मिति : May 24, 2020 at 10:17 am