६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

प्रहरी वृत स्वयम्भूका असईको रहस्यमय मृत्यु, कञ्चटमा गोली लागेका कार्कीको हत्या कि आत्महत्या ?

११ जेठ, काठमाडाैँ । प्रहरी वृत स्वयम्भूका असईको रहस्यमय मृत्यु भएको छ  । असई विष्णु कार्की मृत अवस्थामा फेला परेका छन् । आइतबार बिहान उनी सुतेकै ठाउँमा  मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडाैँका डिएसपी राजकुमार केसीले जानकारी दिए । असइ कार्कीको कञ्चटमा गोली लागेको छ । उनको मृत्युको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म उनको मृत्यु हत्या हो कि आत्मकहत्या भन्ने केही खुलेको छैन ।

प्रतिकात्मक तस्बीर । 

प्रकाशित मिति : May 24, 2020 at 10:05 am