नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा, यस्तो छन एजेण्डा
१० जेठ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । पछिल्लो राजनीतिक परिस्थित र संविधान संशोधनको विषयमा राजनीतिक सहमति जुटाउनका लागि छलफल केन्द्रीत हुने बुझिएको छ । भारतले अतिक्रमण गरेर कब्जा गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न विधेयक संसद सचिवायमा दर्ता समेत गरिसकेको छ । बैठकमा एमसीसीको बारेमा पनि छलफल हुन सक्ने सचिवालयका एक सदस्यले बताएका छन ।

प्रकाशित मिति : 15:55









