६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालको नेतृत्व सर्वसम्मत

१० जेठ, काठमाडाैँ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालको नेतृत्व सर्वसम्मत चयन भएको छ । लकडाउन जारी रहे पनि लायन्सले भर्चुवल महाधिवेशन मार्फत नयाँ नेतृत्व शनिबार चयन गरेको हो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ का जोन चेयर पर्सन अनुजकुमार श्रेष्ठका अनुसार जुमबाट महाधिवेशन सम्पन्न गरिएको हो ।

श्रेष्ठका अनुसार महाधिवेशनले लायन्स बर्ष २०२०/२१ को लागि नयाँ नेतृत्वमा गभर्नर, प्रथम भाइस गभर्नर र द्धितिय भाइस गभर्नर सर्वसम्म चयन भएको छ । डिष्ट्रिक गभर्नर पदमा लायन मनबहादुर रोका, प्रथम भाइस डिष्ट्रिक गभर्नर पदमा लायन विश्वेश्वर आचार्य र द्वितीय भाइस डिष्ट्रिक गभर्नर पदमा लायन महेन्द्र पौडेल निर्वाचित भएका छन । तीनै जनाले कार्यकालमा उत्कृष्ट काम गर्ने प्रतिवद्धता जनाएका छन ।

प्रकाशित मिति : May 23, 2020 at 4:08 pm