सात वर्षीया बालिकासहित बाँकेका २१ जना कोरोना जितेर घर फर्किए
९ जेठ, काठमाडाैँ । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो । कोरोनालाई जितेर घर फर्किनेहरुमा जिल्लाकै पहिलो कोरोना संक्रमित नेपालगञ्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु सहित रहेका छन् ।

उक्त अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् । कोरोना पोजेटिभ देखिंदैमा आत्तिनुनपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताए । प्रदेश ५ मा यसअघि रुपन्देहीका पहिलो कोरोना संक्रमित कोटहीमाइ गाउँपालिकाका २५ वर्षका युवक पनि निको भएर घर फर्किसकेका छन् । तस्बीरः खगेन्द्र दाहाल

प्रकाशित मिति : May 22, 2020 at 1:25 pm





