६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

दमौली अस्पतालमा स्नेक भेनम सुविधा नहुँदा बिरामीलाई सास्ती

९ जेठ, तनहुँ । जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा‘स्नेक भेनम’ सुविधा नहुँदा बिरामीले सास्ती भोग्नुपरेको छ । दैनिक एक/दुई जना बिरामी उपचारका लागि अस्पताल आउने गरेका बताइएको छ । अस्पतालमा सर्पदंशका सामान्य किसिमका बिरामीबाहेक जटिल अवस्थाका अन्यत्र अस्पताल उपचारका लागि सिफारिस गर्ने गरिएको अस्पतालका मेडिकल अधिकृत डा दिवस ढकालले जानकारी दिनुभयो । ती बिरामीलाई स्नेक भेनम औषधि प्रयोग गरिने भएकाले बिरामीमा जटिल अवस्था आएमा तत्काल व्यवस्थापन गर्ने क्षमता अस्पतालमा स्रोत साधन नहुँदा उपचारका लागि अन्यत्र सिफारिस गर्ने गरिएको उहाँले बताउनुभयो ।

सर्पदंशका लागि आवश्यक पर्ने स्नेक भेनम औषधिसमेत अस्पतालमा ल्याउने नगरेको बताइएको छ । अस्पतालमा केही समययता दैनिक सर्पदंशका बिरामी उपचारका लागि आउने गरेको अस्पतालका आकस्मिक विभागमा कार्यरत अहेब मदन गौतमले जानकारी दिनुभयो । सर्पदंश विषादी नदेखिए अस्पतालमै उपचार गर्ने र विष लागेको देखिए स्नेक भेनमको सुविधा भएको अस्पतालमा सिफारिस गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

पन्ध्र श्यया क्षमताको उक्त अस्पताल प्रादेशिक क्षेत्रको ‘क’ वर्गको अस्पताल भए पनि पछिल्लो समय सेवासुविधा पाउन नसक्दा अन्य प्रकारका बिरामीसमेत निरास हँुदै फर्कने गरेको बताइएको छ । अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति सेवा, ओपिडी, महिला हिंसासम्बन्धी एकद्धार सङ्कट व्यवस्थापन, मानसिक, एचआइभी सङ्क्रमितका लागि एआरटी, क्षयरोग, ल्याब, स्वास्थ्य बीमा, गर्भवती सेवा, खोप, फार्मेसीलगायतका सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : May 22, 2020 at 11:47 am