२१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026

राज के र मेलिनाकाे ‘मैले माया गरेँ’ गीत सार्वजनिक

८ जेठ , काठमाडौँ । मैले माया गरे’ बोलको गीत सार्वजनिक भएको छ। उत्तम जंग लिम्बूको संगीत रहेको गीतलाई माया मगरले लेखेकी हुन्।यस गीतमा अष्ट्रेलियामा रहेर नेपाली गीत-संगीतमा सक्रिय गायक राज के गोस्वामी र मेलिना राईले स्वर भरेका छन् । गीतको एरेन्जर साहाश शाक्य हुन्। ‘कोशिस २’ एल्बममा समावेश यस गीतको अफिसियल भिडियो भने सार्वजनिक भएको छैन।

अहिले निर्माणपक्षले लिरिकल भिडियो मात्र सार्वजनिक गरेको हो। फोटो वर्क, सिड्नीले तयार गरेको भिडियोलाई नेपाल टच नामक युट्युबबाट सार्वजनिक गरिएको छ।

प्रकाशित मिति : May 21, 2020 at 12:54 pm