६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

जिउँदो कोरोना संक्रमितको मृत्युको प्रचार गर्न प्रतिस्पर्धा गर्ने मन्त्री र मेयर माथि कारबाहीको माग

७ जेठ, काठमाडाैँ ।  जिउँदो कोरोना संक्रमितको मृत्युको प्रचार गर्न प्रतिस्पर्धा गर्ने मन्त्री र मेयर माथि कारबाहीको माग भएको छ । नेपाली कांग्रेस, रूपन्देहीले कोरोना संक्रमितबारे गलत सूचना प्रवाह गर्ने प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल र तिलोत्तका मेयर वासुदेव घिमिरेलाई सार्वजनिक माफी माग्नुपर्ने बताएको हो ।

रूपन्देहीको क्रिमसन अस्पतालको आईसीयूमा उपचाररत गुल्मी मदानेका संक्रमितबारे मंगलबार सञ्चारमाध्यमहरूमा गलत सूचना प्रवाह भएको थियो । जसमा प्रदेशका मन्त्री र नगरपालिकाका मेयरले मृत्युको प्रचार गराएको भन्दै कांग्रेसले अापत्ति जनाएको हो । कांग्रेसले उनीहरूले संक्रमितको परिवारसमक्ष सार्वजनिक रूपमा माफी पनि माग्नुपर्ने बताएको छ ।

प्रकाशित मिति : May 20, 2020 at 8:26 pm