गाविस सचिव हुँदै अधिकृत बनेका ऋषिराम अर्यालकाे कमाई २६ करोड, जहाँ गयाे त्यहिँ घर जग्गा
७ जेठ, काठमाडाैँ । टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालविरूद्ध अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले अख्तियारले जेठ ७ गते विशेष अदालत काठमाडौँमा रीट दायर गरेकाे छ । अर्यालले जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव पदमा स्थायी नियुक्ति लिएर निजामती सेवामा प्रवेश गरेका थिए ।
नायक सुब्बा पदमा बढुवा भएर काठमाडाैँ जिल्लाकाे साविक भिमढुंगा गाविस लगायत टोखा नगरपालिकाका कार्यालयहरु समेतमा काम गरेका थिए । शाखा अधिकृतको पदबाट अनिवार्य अवकाश पाएका अर्यालले अधिकांश जग्गाहरु आफू कार्यरत गाविस तथा नगरपालिका अन्तर्गतका स्थानहरुमा कार्यरत अवधिमा जोडेका छन् ।

अर्यालले २०३९ साल साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव पदमा नियुक्ति लिई ३७ वर्ष सेवा गरेका थिए । ३७ वर्ष सरकारी सेवा गरेका अर्यालले २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँको कारोबार गरेको देखिएको अख्तिायरले जनाएकाे छ । उक्त अवधिमा उनले ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ रुपैयाँ मात्रै वैद्य ढङ्बाट आर्जन गरेको देखिएको अख्तियारको जानकारी दिएकाे छ ।
उनले अधिकांश सम्पत्तिहरु आफ्नो श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल तथा छोराहरु सुशिल अर्याल र सुनिल अर्यालको नाममा राखिएको पाइएको छ । अर्यालले विभिन्न स्थानमा घरजग्गा, शेयर खरिद गरी श्रीमती र छोराहरुको नाममा राखेको अख्तियारले जनाएकाे छ । अर्यालले कागज उदोगसमेत सञ्चालन गरेको पाइएको छ ।
अर्यालविरूद्ध पदीय मर्यादाकाे दुरुपयोग गरी भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै अख्तियारले जेठ ७ गते विशेष अदालत काठमाडौँमा १७ करोड ८३ लाख रुपैयाँ बिगो र जरिवानाको माग गर्दै रीट दायर गरेको हो ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम अकुत सम्पत्ति जफत गरी जफत गरिएका सम्पत्तिबाट नपुग हुन आएको बिगोसमेत कानून बमोजिम असुल गरी पाउन माग गरिएको छ । अर्यालसँगै निज ऋषिराम अर्यालकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल र छोराहरु सुशिल अर्याल तथा सुनिल अर्याल समेतलाई सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।
प्रकाशित मिति : May 20, 2020 at 5:53 pm





