६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

कोरोनाबाट आमाको मृत्यु भएका बालकको पालनपोषणका लागि दिनेशले गरे आर्थिक सहयोग

७ जेठ, काठमाडौँ । कोरोना भाइरको सङ्क्रमणबाट आमाको मृत्यु भएपछि शिशुको पालनपोषणमा सहयोग पुगोस् भन्ने हेतुले जिल्लावासी दिनेश खतिवडाले रु ५१ हजार सहयोग गर्नुभएको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० स्थायी ठेगाना भई हाल अमेरिकामा बस्दै आउनुभएका खतिवडाले आज मृतकका श्रीमानकाे बैंक खातामा उक्त रकम जम्मा गरिदिनुभएको हो । मृतकका श्रीमानले आफ्नो पारिवारिक अवस्था अत्यन्त कमजोर भएकाले सहयोगका लागि अपिल गर्नुभएको थियो । बाह्रबिसे नगरपालिका–९ राम्चे स्थायी ठेगाना भएकी २९ वर्षीया सुत्केरीको कोरोना भाइरस सङ्क्रमणका कारण जेठ १ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : May 20, 2020 at 2:12 pm