लिपुलेक लिम्पियाधुरा र कालापानी समेटिएको नेपालकाे नक्सा आज सार्वजनिक गरिँदै
७ जेठ, काठमाडाैँ । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अद्यावधिक नक्सा आज सार्वजनिक गर्ने भएको छ।आज दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सार्वजनिक गर्ने कार्यक्रम रहेकाे मन्त्री पद्मा अर्यालले जानकारी दिनुभयाे ।

मन्त्री पद्मा अर्यालले नक्सा सार्वजनिक गर्ने उक्त कार्यक्रमनेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने जानकारी समेत दिनुभयाे । उहाँले नक्सा सार्वजनिक गर्ने उक्त कार्यक्रम नेपाल टेलिभिजनबाट आज दिउँसो २:१५ बजे गरिने समेत बताउनुभयाे ।
प्रकाशित मिति : May 20, 2020 at 12:54 pm





