६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

बनस्थलीका ३ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि

६ जेठ, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिडिया ब्रिफ्रिङमा लमजुङ ठेगाना बताएको कोरोना संक्रमित काठमाडाैँमै रहेको खुलेको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काका अनुसार बनस्थलमी बस्ने ३ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको बताउँदै उनी हाल लमजुङमा नरहेको बताएका छन ।

मन्त्रालयले बिबरण सार्वजनिक गर्दा स्थायी र अस्थायी ठेगाना नखुलाउँदा धेरै मानिस त्रसित बनेका छन । मंगलबार मात्र राष्ट्रिय सूचना अायोगले संक्रमितको अस्थायी र स्थायी दुबै ठेगाना खुलाउन मन्त्रालयलाइ निर्देशन समेत दिएको छ ।  यसअघि काठमाडाैँकै तारकेश्वर नगरपालिका घर भएका एक जना पुरूषमा पनि कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : May 19, 2020 at 10:04 pm