११ असार २०८३, बिहिबार | Thu Jun 25 2026

नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पनि पारित

६ जेठ, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ । यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनकोे संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित भएको हो ।

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले प्रस्ताव पारित भएको हो । कार्यक्रममाथि सदस्य अनिता देवकोटा, शेखरकुमार सिंह र प्रमिलाकुमारीले गर्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । सो कार्यक्रमलाई आजै प्रतिनिधिसभाले पारित गरेको थियो । पारित कार्यक्रमका आधारमा सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।

बैठकले केही नेपाल ऐन संशोधनको साविकको ऐन जगाउनेसम्बन्धी ऐनलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको थियो । राष्ट्रियसभाको अर्काे बैठक यही जेठ ७ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : May 19, 2020 at 5:47 pm