६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

चीनद्वारा सिन्धुपाल्चोकलाई एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

६ जेठ, मेलम्ची । चीन सरकारले सिन्धुपाल्चोकलाई रु एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चोकका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । आज मितेरी पुलमा चिनियाँ अधिकारीले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललगायत सरकारी टोलीलाई सो सामग्री हस्तान्तरण गरेको हो । केही दिनअघि भएको सीमा बैठकमा प्रजिअ ढकालले सहयोगका लागि अनुरोध गर्नुभएको थियोे ।

फाइल फाेटाे

न्यालमले डिस्पोजल मास्क एक लाख ३० हजार, एन–९५ मास्क एक हजार ५००, पिपिइ एक हजार १००, इन्फ्रारेड थर्मोमिटर १०८, एक हजार ५०० परीक्षण किट सिन्धुपाल्चोकका लागि सहयोग दिएको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । जिल्लामा ती सामगी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन कोषमा रहनेछन् । चीनका तर्फबाट जाग्बु बन्दरगाहका प्रमुख अधिकृत यान जीनसहितको चार जनाको टोली सो सामग्री हस्तान्तरण गर्न मितेरी पुल आएका थिए ।

प्रकाशित मिति : May 19, 2020 at 1:41 pm