झापाका ९ र सुनसरीका २ जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ३९० पुग्याे
६ जेठ, काठमाडौँ । प्रदेश १ मा मंगलबार ११ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका २ जना छन्।

सुनसरीमा देखिएका २ जनामध्ये १ जना सशस्त्र प्रहरी रहेको खुलेको छ। झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्। सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो। योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्।
प्रकाशित मिति : May 19, 2020 at 11:45 am





