थप १८ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या ३७५ पुग्यो
५ जेठ, काठमाडाैँ । थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विभिन्न प्रयोगशालामा गरेको परीक्षणमा १८ जनाको नमुनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएको छ । योसँगै कोरोना संक्रमितको संख्या ३७५ पुगेको छ । एकैदिन ८० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जम्मा संक्रमितमध्ये ५९ जना बाँके नरैनापुर गाउँपालिकको क्वारेन्टीनमा रहेका व्यक्तिहरू रहेका छन । उनीहरू हिजो मृत्यु भएका युवासँग एकै क्वारेन्टीनमा बसेका थिए । अहिले थपिएका १८ जना मध्ये १२ जना बाँके नरैनापुरका रहेका छन । त्यस्तै १ जना खोटाङका, २ जना धनुषाका, दैलेखका १, सुनसरीका १ र झापाका १ जना रहेका छन ।

प्रकाशित मिति : May 18, 2020 at 10:31 pm





