६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

भरतपुर महानगरपालिकाका वडा सदस्य पाठकको निधन

५ जेठ, चितवन । भरतपुर महानगरपालिका–४ का वडा सदस्य प्रेम शर्मा पाठकको निधन भएको छ । पाठक लामो समयदेखि आन्द्राको समस्याबाट ग्रसित हुनुहुन्थ्यो । सन्ताउन्न वर्षीय पाठकको आज दिउँसो उपचारका क्रममा चितवन मेडिकल कलेजमा निधन भएको हो । उहाँ विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका–४ मा नेपाली काँग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

विसं २०२० पुस ७ गते भारतको मोतिहारीमा जन्मनुभएका पाठक नेपाली काँग्रेस भरतपुर महानगरपालिकाका पूर्व सचिव, नेपाल तरुणदल चितवनका पूर्व सचिव भई काम गरिसक्नुभएको छ । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले युवा नेताको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको बताउनुभयो । उहाँको अन्त्यष्टि आजै देवघाटमा गरिने परिवारले जनाएको छ । उहाँका श्रीमती र दुई छोरा रहनुभएको छ ।

प्रकाशित मिति : May 18, 2020 at 5:34 pm