६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

गुल्मीका ४१ वर्षीय कोरोना संक्रमित पुरूष आइसियूका बिरामी

५ जेठ, काठमाडाैँ । कोरोना संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका पुर्कोटका ४१ वर्षीय पुरूष रुपन्देहीको तिलोत्तमाकाे क्रिमसन अस्पतालमा भर्ना भएको बुझिएको छ । जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले उनको अहिले पनि सोही अस्पतालको आइसियूमा उपचार भइरहेको जानकारी दिए। सरकारी विद्यालयका शिक्षक रहेका र पछिल्लो समय कहीँ गएको नभए पनि लक्षण हेर्दा कोरोनासँग मिल्दो पाइएपछि अस्पतालबाटै स्वाब संकलन गरी परीक्षणको लागि लगिएको शाहले जानकारी दिए।

यससँगै प्रदेश नं ५ मा कोरोना संक्रमित १५९ पुगेका छन् ।

प्रकाशित मिति : May 18, 2020 at 5:56 pm