६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

कोरोनाबाट मृत्यु भएका बाँकेको युवासँगै क्वारेन्टीनमा रहेका ४७ जनामा कोरोना संक्रमण पुष्टि

५ जेठ, काठमाडाैँ । क्वारेन्टीनमै मृत्यु भएका बाँकेका २५ वर्षीय युवासँगै रहेका थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार आइतबार कोरोना संक्रमणबाट मृत्यु भएका युवाहरूसँगै क्वारेन्टीनमा रहेका ४७ जनामा थप कोरोना पुष्टि भएको हो ।

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक जना संक्रमित युवकको अाइतबार मृत्यु भएको थियो । उनी गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।  आइतबार बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।

त्यस्तै हिजो (शनिवार) नेपालमा कोरोना भाइरसको महामारीबाट पहिलोपटक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । उनले गत २४ गते बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोकको घरमा बस्दै आएकी उनमा अचानक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

प्रकाशित मिति : May 18, 2020 at 4:25 pm