नेपालमा शक्तिशाली चक्रवातकाे सम्भावना, सचेत रहन मौसम पूर्वानुमान महाशाखाको अपिल
५ जेठ, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले बंगाल खाडीको मध्य भागमा अंपुन नामको आँधी अर्थात् चक्रवात विकास भैसकेको र त्यसको असर नेपालमा पनि देखिने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ ।

महाशाखाले साेमबार विशेष मौसमी बुलेटिन निकाल्दै अंपुन चक्रवात धेरै नै शक्तिशाली रुपमा विकसित भैसकेको र मंगलबारदेखि त्यसको असर नेपालमा पनि देखिने भएकाले सतर्क रहन आग्रह गरेको हो ।
महाशाखाका अनुसार उक्त चक्रवातको असरले पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २-३ दिनसम्म देशै भरि बदली भई केहि स्थानमा वर्षा र हिमपात हुन सक्नेछ ।

प्रकाशित मिति : May 18, 2020 at 12:52 pm





