६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

कोरोनाबाट मृत्यु भएकी सुत्केरी महिलाकाे शिशुसहित परिवारका सदस्यकाे रिपोर्ट नेगेटिभ

५ नेठ, काठमाडाैँ । कोरोना संक्रमणबाट मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।

 

श्वासप्रस्वासमा समस्या आएर धुलिखेल अस्पताल ल्याउँदै गर्दा सुत्केरीको मृत्यु भएपछि उनकाे शिशुसहित परिवारका सदस्यलाई धुलिखेलस्थित अस्पतालको आइसोलेसनमा राखिएकाे थियाे । उनिहरूकाे काेराेना रिपाेर्ट नेगेटिभ आएपनि १४ दिन क्वारेन्टिनमा राखिने जनाइएकाे छ ।

प्रकाशित मिति : May 18, 2020 at 10:32 am