६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

बाँकेका २५ वर्षीय युवाको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयबाट पुष्टि

४ जेठ, काठमाडाैँ । बाँकेका २५ वर्षीय युवाको पनि कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पुष्टि भएको छ । कोरोना भाइरसको संक्रमणबाट आज थप एक जनाको मृत्यु भएसँगै नेपालमा मृतकको संख्या दुई पुगेको छ । आज मात्रै बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको हो। गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो । त्यस्तै हिजो (शनिवार) नेपालमा कोरोना भाइरसको महामारीबाट पहिलोपटक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । उनले गत २४ गते बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोकको घरमा बस्दै आएकी उनमा अचानक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

प्रकाशित मिति : May 17, 2020 at 4:44 pm