श्रममन्त्री यादव अस्पताल भर्ना
४ जेठ, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव अस्पताल भर्ना भएका छन् । मुटुमा समस्या देखिएपछि उनी बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका हुन्।
केही दिनदेखि छाती दुखिरहेकाले चेकजाँचका लागि अस्पताल गएको र चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उनका परिवारले जानकारी दिएका छन् ।

प्रकाशित मिति : May 17, 2020 at 4:05 pm





