राैतहटमा थप १० जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २९१ पुग्यो
४ जेठ, काठमाडाैँ । राैतहटमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत राैतहटको विभिन्न स्थानीय तहका १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले थप १० जनामा कोरोना पोजेटिभ देखिएसँगै संक्रमितको संख्या २९१ पुगेको जानकारी दिनुभएको छ । कोरोनाकै कारण बिहीबार सिन्धुपाल्चोककी एक २९ वर्षीया सुत्केरी महिलाले ज्यान गुमाएकी थिइन ।

प्रकाशित मिति : May 17, 2020 at 7:34 am





