६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

९ दिनका यी शिशु जसले कोरोनाका कारण मातृत्व गुमाए

३ जेठ, काठमाडौँ ।  बिहीबार राति धुलिखेल अस्पततालमा मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शिशिले मातृत्व गुमाएको छ । कोरोनाको कारण मातृत्व र खुशी खोसिने शिशु बन्नपुगेका छन । यी अबोध शिशुले खुला संसारमा आएको ९ दिनमै आफूलाइ जन्मदिने माता गुमाएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत २९ वर्षीय महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका छन । धुलिखेल अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित महिलाको अन्त्येष्टि ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि(२०७६’ अनुसार भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भैसकेको थियो । उनको थ्रोड स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनी मृत्यु हुनेमा नेपालको पहिलो कोरोना संक्रमित भएकी छिन । ज्वरो देखिएर श्वास्प्रश्वासमा समस्या देखिएपछि महिलालाइ बिहिबार राति धुलिखेल अस्पताल पुर्याइएको थियो ।

बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन । वैशाख २३ गते शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाले २४ गते शिशु जन्त्माएकी थिइन भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक फर्किएकी थिइन ।

(यसअघि भुलवस मृतकको तस्बीर प्रयोग भएकोमा गम्भीर क्षमायाचनासहित हटाएका छाैँ ।-सम्पादक)

प्रकाशित मिति : May 16, 2020 at 9:50 pm