६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

ककनी गाउँपालिका सोमबारदेखि ८ दिन ‘सिल’, एम्बुलेन्सबाहेक कुनै पनि सवारी चल्न नपाउने

३ जेठ, नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाँउपालिकाले कोराना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथाम गर्न भन्दै ८ दिनका लागि गाउँ ‘सिल’ गर्ने निर्णय गरेको छ । उसले कोरोना नियन्त्रणको काम थप प्रभावकारी बनाउन सोमबाट गाँउपालिका सिल गर्ने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले आवश्यक एम्बुलेन्स बाहेकका अन्य सवारी साधन चलाउन नदिने निर्णय गरेका छन ।

गााउपालिका अन्तरगतका सरकारी कार्यालय तथा अन्य संघसंस्थाहरु पुर्णरुपमा बन्द गर्नको लागी आह्रवान गरिएको छ । गाँउपालिकाले जारी गरेको सूचना बिरुद्धको कार्यहरु गरेको पाईएमा कानुन बमोजिम कडा कारबाहि गरिने समेत सूचनामा जारी गरिएको गाँउपालिकाका अध्यक्ष मानबहादुर लामाले बताउनुभएको छ ।

कोराना भाईरसको संक्रमणबाट बच्नु र बचाउनु सबै नागरिकको कर्तव्य रहेकाले घरमै बसी आफुपनि सुरक्षित रहि सबैलाई सुरक्षित राख्न गाँउपालिकाले आग्रह गरेको छ । अध्यक्ष मानबहादुर लामाका अनुशार अन्य अति आवश्यक कार्यहरु आईपरेमा ककनी गाँउपालिका आफ्नो नागरिकहरुरुको सुरक्षाको लागी सदैव तत्पर रहेको बताउनुभएको छ । यो सूचना जेठ १२ गते सम्मको लागी जारी गरिएको छ ।

प्रकाशित मिति : May 16, 2020 at 6:01 pm