जबजलाई सधैँभरी आत्मसात गर्दै सिर्जनात्मक प्रयोगमा लाग्छाैँः संयोजक महर
३ जेठ, काठमाडाैँ । अनेरास्ववियूका संयोजक ऐन महरले जनताको बहुदलिय जनवाद (जबज)लाई सधैंभरी आत्मसात गरिरहने र त्यसको सिर्जनात्मक प्रयोगमा अनवरत लागिरहने प्रण गरेका छन । तत्कालीन एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रीतको २७ औँ स्मृति दिवसको अवसरमा महरले जबजलाई सधैँभरी आत्मसात गर्दै सिर्जनात्मक प्रयोगमा लाग्ने प्रण गरेका हुन ।
उनले यस्तो लेखेका छन
आज २०७७ जेष्ठ ३ गते !
सोभियत संघको बिघटन पश्चात् बिश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको बेला मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपाली माटो सुहाउँदो मौलिक तथा बैज्ञानिक सिद्धान्त जनताको बहुदलिय जनवादको प्रतिपादन गर्दै नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र नभै बिश्व कम्युनिस्ट आन्दोलनलाई नै संजिबनी बुटि प्रदान गर्न सफल महान बिचारक तत्कालिन महासचिव जननेता कमरेड मदन भण्डारी र जनताको बहुदलीय जनवादको आलोकमा विशाल संगठन निर्माण गर्दै कम्युनिस्टहरुको एउटा बिश्वासिलो भरपर्दो पार्टी निर्माण गर्न अतुलनिय योगदान गर्नु भएका तकालिन संगठन बिभाग प्रमुख आदरणीय कमरेड जिवराज आश्रीत को २०५० साल जेष्ठ ३ गते रहस्यमय ढंगले दासढुंगा दुर्घटना गराएर हत्या गरिएको आज २७ बर्ष बितेछ।

म दुवै आदरणीय नेताहरुप्रती उच्च सम्मान ब्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु। यसै सन्दर्भमा त्यो रहस्यमयी दुर्घटनाको अर्थात मदन -आश्रीत हत्याराको अविलम्ब छानबिन गरि दोषी पत्ता लगाई हत्यारालाई हदै सम्मको कारबाही गरि न्यायप्रेमी जनतालाई राहत दिन र कानुनी राज्यको प्रत्याभुती दिलाउन म नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। कमरेड मदन भण्डारी ले प्रतिपादन गर्नुभएको सिद्धान्त जनताको बहुदलिय जनवाद (जबज)लाई सधैं भरी आत्मसात गरिरहने र त्यसको सिर्जनात्मक प्रयोगमा अनवरत लागिरहने प्रण गर्दछु।
साथै आजैको दिनको सन्दर्भ पारेर शोकलाई शक्तिमा बदल्ने अठोटका साथ तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बिचमा एकीकरण गरि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो बर्षगाँठ र यहि सन्दर्भ पारी अनेरास्ववियू को एकता सम्पन्न भएको प्रथम बर्षगाँठको उपलक्षमा सम्पुर्ण न्यायप्रेमी जनसमुदाय ,नेकपाका नेता कार्यकर्ता तथा सुभेच्छुक समर्थक र सम्पुर्ण विद्यार्थी साथिहरुका साथै अनेरास्ववियूका सबै नेता कार्यकर्ता साथिहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्दछु।
प्रकाशित मिति : May 16, 2020 at 11:09 am





