थप ६ जनामा कोरोना भाइरस पोजेटिभ, संक्रमितको संख्या २७३ पुग्यो
३ जेठ, काठमाडाैँ । थप ६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार ६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २७३ पुगेको छ । उनीहरू सबैको स्वास्थ्य अवस्था समान्य रहेको छ । सबैजना अस्पतालको सम्पर्कमा पुगिसकेका छन ।

प्रकाशित मिति : May 16, 2020 at 10:29 am





