आगामी वर्ष रसुवागढी-काठमाडौँ र वीरगञ्ज-काठमाडौँ रेलमार्गको निर्माण थाल्ने सरकारकाे घोषणा
२ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा रसुवागढी-काठमाडौँ र वीरगञ्ज-काठमाडौँ रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ । सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रसुवागढी-काठमाडौँ र वीरगञ्ज-काठमाडौँ रेलमार्ग निर्माणको प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भईसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताउनुभएकाे हाे ।

नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा-ईनरुवा-खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ । पूर्व-पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भईसकेको छ ।
प्रकाशित मिति : May 15, 2020 at 6:21 pm





