६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

पैदल यात्रुलाई काठमाडौँ प्रवेशमा रोक, भित्री सडक र गल्लीहरुमा समेत हिँड्न प्रतिबन्ध

२ जेठ, काठमाडाैँ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन काठमाडौँमा लकडाउनमा कडाइ गरिने भएको छ । गृह मन्त्रालयबाट प्राप्त निर्देशन र शुक्रबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौँको बैठकले अत्यावश्यक सेवाका बाहेक बिनापासका सवारी साधन र पैदल यात्रुलाई काठमाडौँ प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

काठमाडाडौँका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो । सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : May 15, 2020 at 6:06 pm