६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

गृह मन्त्रालयमा अनुरोध गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट काठमाडौँ आउने पास पाए

२ जेठ, काठमाडौँ । गृह मन्त्रालयमा अनुरोध गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले झापाबाट काठमाडौँ आउने पास पाएका छन । सबै जिल्ला प्रशासन कार्यालबाट जारी सावरी पास रद्द गरेपछि शाहले झापाको जिल्ला प्रशासन कार्यालयबाट लिएको पास पनि रद्ध भएको थियो । उनले इपासको लागि निवेदन दिएपछि उनले झापाबाट काठमाडौँ आउने अनुमति पाएका हुन ।

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका छन् । झण्डै दुई महिना अघि झापा गएका पूर्व राजा लकडाउनका कारण त्यहाँ अड्किएका थिए ।

प्रकाशित मिति : May 15, 2020 at 9:14 am