मकवानपुर र बाँकेमा ९ जनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २५८ पुग्यो
२ जेठ, काठमाडाैँ । मकवानपुर र बाँकेमा ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले योसँगै कोरोना संक्रमितको संख्या २५८ पुगेको जानकारी दिएका छन । उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा मकवानपुरका एक जना र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेका छन ।

विज्ञप्ति अनुसार मकवानपुरमा ३७ वर्षीय पुरूष रहेका छन । त्यस्तै बाँकेको नैनापुर निवासी १८, २०,२२, २५, २७, ३२ र ३६ वर्षका पुरूष रहेकाका छन । उनीहरूको अहिलेसम्मको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अधिकारीले उल्लेख गरेका छन ।
प्रकाशित मिति : May 15, 2020 at 8:15 am





