भीम रावल र धनराज गुरूङ कसरी चर्को राष्ट्रवादी ?
२ जेठ, काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालका स्वकीय सचिव राजेश शर्माले भीम रावल र धनराज गुरूङ कसरी राष्ट्रवादी ? भनि प्रश्न गरेका छन । सामाजिक सञ्जालमा एउटा समाचार माथि टिप्पणी गर्दै उनले प्रश्न गरेका छन ‘संविधान जारी गर्दा नेपालको सिमाना नहेरी हस्ताक्षर गर्ने, आफनो सिमा विग्रिएको नक्सा छातीमा टाँसेर हिड्ने माननीय भिमरावल, धनराज गुरुङहरु चर्को राष्ट्रवादी !’

शर्माले गरेको टिप्पणी यस्तो छः संविधान जारी गर्दा नेपालको सिमाना नहेरी हस्ताक्षर गर्ने, आफनो सिमा विग्रिएको नक्सा छातीमा टाँसेर हिड्ने माननीय भिमरावल, धनराज गुरुङहरु चर्को राष्ट्रवादी ! त्यो नक्सा गलत छ, कालापानी, लिपुलेक लिम्पियाधुरा नेपालको हो भनी प्रमाण जुटाउने मन्त्री चाँही दोेषी ? आज हात हातमा भएको तिरो तिरेको रसिद, सर्भेयरको प्रतिवेदन, जनगणना गर्ने भैरव रिसालसँग विगतमा के छलफल भएका थिए ? एक पटक भैरव रिसाल दाइलाई सोधौं त विगतका मन्त्रीज्यूहरुले यो कुरा सुन्नु भयो की नाई त्यमा को को पर्नुहुन्छ ?

प्रकाशित मिति : May 15, 2020 at 9:44 am





