६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

काठमाडाैँ र धादिङसहित तीन जना कोरोना संक्रिमत थपिए, संक्रमितको संख्या २४९ पुग्यो

१ जेठ, काठमाडाैँ । काठमाडाैँ, धनुषा र धादिङका तीन जनामा कोरोना संक्रिमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २४९ पुगेको छ । बिहीबार राति ८ः३० बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रोयोगशाला काठमाडाैँमा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पोजेटिभ देखिएको हो ।

जसमध्ये २ जना संक्रमित बलम्बुको सशस्त्र प्रहरी अस्पतालमा रहेका छन भने एक जना जनकपुरकै स्थानीय अस्पतालमा रहेका छन । काठमाडाैँको दहचोक निवासी ७ वर्षीय बालक र धादिङकी ३० वर्षीय महिला सशस्त्र प्रहरीको अस्पतालमा रहेका छन । भने धनुषा निवासी १७ वर्षीया महिला जनकपुरकै अस्पतालमा रहेकी छिन ।

प्रकाशित मिति : May 14, 2020 at 8:36 pm