६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

सुनसरीमा लकडाउन उल्लङ्घन गर्ने ७५ जना पक्राउ

१ जेठ, इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो ।

प्रतिकात्मक तस्बिर ।

नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : May 14, 2020 at 5:23 pm