६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

नवलपरासीमा पनि भेटिए कोरोना संक्रमित

१ जेठ, काठमाडौँ । नवलपरासीमा पनि एक जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वको देवचुली नगरपालिका– १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ । जसमध्ये ३५ जना निकाे भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : May 14, 2020 at 12:53 pm