६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

टिचिङ अस्पतालमा उपचाररत बालिकामा कोरोना भेटिएपछि चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

१ जेठ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएपछि  उनकाे उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

कपिलवस्तुबाट ल्याएर शिक्षण अस्पतालको न्यूरो वार्डमा उपचार गराइरहेकी बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । उनकाे काेराेना रिपाेर्ट पाेजेटिभ देखिएपछि न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौँ ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

प्रकाशित मिति : May 14, 2020 at 12:36 pm