कोरोना अस्पतालमा सबै बिरामीको उपचार हुन्छः मुख्यमन्त्री पोखरेल
१ जेठ, दाङ । मुख्यमन्त्री शङ्कर पोखरेलले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आवश्यकतानुसार स्तरवृद्धि गर्न सकिने बताउनुभएको छ । मुख्यमन्त्रीले बुधबार अस्पतालको निरीक्षण गर्दै त्यहाँ प्रदेशका सबै जिल्लाका संक्रमितको उपचार हुनुपर्ने बताउनुभयो ।उहाँले आउने दिनमा अस्पतालमा बिरामी भरिएर समस्या आउन नदिनका लागि सरकार सजग रहेको बताउँदै समयमा यसको स्तरवृिद्ध गरिने आश्वासन दिनुभयो ।

मुख्यमन्त्रीले जिल्लाका सवै स्थानीय तहमा रहेका क्वारेन्टाइनको क्षमता बढाउन पनि निर्देशन दिनुभयो । अस्पतालका मेसु डा सर्वेश शर्माले प्रदान गरिँदै आएको सेवा प्रवाहलगायतबारे जानकारी दिनुभएको थियो । अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी गरी हाल ४० जना कार्यरत छन् । त्यहाँ एक सय शय्याको आइसोलेशन वार्ड र पाँच शय्या सघन कक्ष तयारी अवस्थामा राखिएको छ । अस्पतालको आइसोलेशन वार्डमा हाल १४ बिरामी छन् ।
प्रकाशित मिति : 10:14









